कबिता-यादहरुको सङग्रहालय
यादहरुको सङग्रहालय
(।--------------------------------।)
कपुरको सुगन्ध
बिलाए झै बतासमा
म बिलिन नहुञ्जेल
बतासबाट
आफुभित्र सङ्ग्रह गर्न चाहान्छु यादहरु !
बरफहरुको जङगलमा
म एक्लै एक्लै जम्दा
सगैँ जम्न तयार उनी
उनको आँखा
मेरो आखाँको एउटा कुनामा राख्न चाहान्छु !
मैले ढुङगाको गित गाईरहँदा
मलाई धरतिको गित सुनाईरहनेहरुलाई
जीवनको अन्तिम स्टेसनसम्म
कुदिरहने मुटुको ट्रेनमा बसाउन चाहान्छु !
मैले हेर्न नजानेको
फूल
मैले महशुस गर्न नसकेको
बतास
मैले नजानेरै कुल्चिएको
दुबो
सब्बै सब्बैलाई राख्न चाहान्छु
छातीको र्याकमा !
बुख्याचाँ थिए म
सम्बन्धको हाड
भावनाको रगत
विचारको छाला दिएर
मान्छे जस्तै बनाउनेहरुलाई
धड्काईरहन चाहान्छु सासहरुको लयमा !
यो बाटाहरुको सहरमा
मैले बाटो नै नभेट्दा
मलाई नै बाटो बनाउनेहरुलाई !
जीवनको साईकिल मुस्किलले पेलिरहँदा
खुट्टाको ट्युबमा हावा भरिदिनेहरुलाई !
छाडेर फर्किनेहरुलाई !
फर्किएर फेरि कहिल्यै नआउनेहरुलाई !
मेरो आत्मामा मरुभुमि
बिछ्याउनेहरुलाई !
मरुभुमिको गाउँबाट
फर्कदा
ओठको बालुवा
ओठैले पुछिदिनेहरुलाई !
म बूढो रुख बनेर
नखसुञ्जेल जीवनको अनाम पहाडबाट
सुरक्षित राख्न चाहान्छु याद बनाएर !
यहि यादहरु त बस्दो रहेछ-
एक्लोपनमा सँगसगैँ
आफुसगँ सधै सधै !!!
Comments
Post a Comment