कबिता-भगवानको संक्षिप्त ईतिहास

२०७६ साउन अङ्कको मधुपर्क

            भगवानको संक्षिप्त ईतिहास
      (।------------------------------------------।)
    
जब यो पृथ्वीमा केई थिएन 
तब पनि थियो त्यो भगवान ।


उसले शुरुमा पृथ्वी नै बनायो
जब उसलाई आफैसगँ लुक्न मन लाग्यो 
-पानी बनायो
पानी बाफ बन्यो र हावासगँ घुम्न थाल्यो 
घुम्दा घुम्दै बादल बनेँ
बादलको हेरचाह गर्न पहाड बनायो
पहाडले ढुङ्गा 
ढुङ्गाको ओसिलो चेपबाट निस्कियो मान्छे ।


जब निस्कियो मान्छे
उसले फेरि भगवान बनायो
टिपेर बगरको ढुङ्गा !


अनि पृथ्वी , पृथ्वी जस्तो रहेन


आँधीमा अडिएर तरबार
हिड्न थाल्यो पृथ्वीको छातीमा
जहाँ जहाँ टेक्यो तरबारले
पट्पटी फुट्यो धरति र देश बन्यो
बन्यो
जात
भूगोल
धर्मको पर्खाल ।


बलियो मानिसले
निकाल्यो निर्धाको करङ्ग 
र मन्दिर बनायो !

त्यहाँ निषेध गरिदियो
ईश्वरको आदिम आत्मालाई ।


हृदयको जुलुसलाई कोच्न थालियो कारागारमा
गल्लि गल्लिमा रोप्न थालियो भ्रम


बिमार पर्यो सिङ्गो सभ्यता !

सभ्यताको योनि च्यातेर निस्किए
कृष्ण
बुद्ध 
जिजस  क्राईस्ट
महाबिर ।


हृदयले लेख्यो
भागवत गिता
त्रिपिटक
बाईबल
कुरान  


तर 
जब पढ्न थाल्यो टाउकोले
अनि 
सिङ्गो सभ्यता हिड्न थाल्यो टाउकोले टेकेर !

(२०७६ साउनको मधुपर्कमा प्रकाशित)

Comments

Popular posts from this blog

मोह मोह के धागे....

योद्धा आमालाई सम्झिएर-१

मनोज बिश्वकर्माको पन्ध्र प्रेम कबिताहरू