कबिता- मेरो देशमा...
कबिता-
मेरो देशमा
(।------------------।)
मेरो देशमा
खतरा छ सिताहरुलाई रामदेखि
उक्लिन सकेनन् भने
जनकले दाईजोको सगरमाथा
कतिबेला
कसरी
रामले
"राम नाम सत्य" बनाउछ
सिताको मनमा
दन्किरहन्छ अग्निकुण्ड!
मेरो देशमा
अाज पनि
खतरा छ
'एकलव्य'हरुको बुढीअौलालाई
धृतराष्ट्रको आँँखाबाट
अर्जुनले देख्न थालेपछि संसार
सम्पूर्ण रुपले नाङ्गिन्छ
गुरु द्रोणाचार्यको गुरुदक्षिणा
र काटिन्छ हत्केलाबाट !
मेरो देशमा
हरेक ब्यान
यशोधरा , राहुलको आशुँले
लछप्पै भिजेर धरति
धरतिमूनिबाट
गुञ्जिन्छ
अरबमा बाकस प्याक गर्दागर्दै
आफै बाकसमा प्याक भएर ओर्लिएका
बुद्धको ब्लुज !
मेरो देशमा
बोकेर हिन्दा हिन्दै हिन्दा हिन्दै
महादेवले सतिदेवीको शव
जलाउनको लागि पैसा नभएर
कुहिएर खस्छ-
अङ्ग प्रत्ययङ्ग
जहाँ जहाँ खस्छन् ती अङ्गहरु
त्यहाँ त्यहाँ उत्पति हुन्छन् तीर्थस्थल
ती तीर्थस्थलमा लम्पसार महादेवहरु
तानिरहेछन्
समानताको गाजाँ !
मेरो देशमा
नभएको होईन
स्वर्गको फिलिङ्गो चोरेर
पृथ्विको धरति उज्यालो पार्न खोज्ने
प्रमिथस-
कुलमान घिसिङ्गहरु !
छन्
हजारौको हड्डीमा
प्राण बचाउन
आफ्नो २०६ हड्डी दान गर्न तयार दधिचि -
डाक्टर गोविन्द के.सि.हरु !
र पनि
मेरो देशमा
डायनासोर स्वयमले भन्छ-
"म छेपारो बनेँ"
छेपारोले हात जोड्दै भन्छ-
"म जति राम्रो नेता त अब्राहम लिङ्कन पनि थिएन।"
र लाग्छ
मेरो देशमा
देश बोकिहिड्ने देशहरु
देशले नै किचिएर मरिरहे छन् !
![]() |
नेपाल प्रज्ञा प्रतिष्ठानको कबिता बिशेषाङ्क-१०७ अङ्कको कवि र कबिता-सुची |
Comments
Post a Comment