Posts

मोह मोह के धागे....

Image
योद्धा आमालाई सम्झिएर-२    -------------------------------------------- मानिस भएर जन्मिनु रहर थिएन । तर म जुन सालनाल सहित संसारमा खसेँ । त्यो संसारकै सुन्दर मानिसको गर्भमा हुर्किएको थियो । अर्थात मेरी आमा हरिमाया विश्वकर्माको । त्यो सालनालको `धागो´ले मोह उनेँको थियो । जीवन उनेँको थियो । धागो गाँस्नु अघि आमा स्वयम् प्रकृतिमा अदृश्य/अजन्म हुनुहुन्थ्यो । जन्मिनु भयो । सालहरूको अन्तरालमा म उहाँकै सालनाल समातेर पृथ्वीमा खसेँ । त्यो सालनालले `मोह´ उन्यो । जीवन उन्यो । ७५/७६ बर्षको आयुपछि चुँडियो । अर्थात आमा पुन:प्रकृतिमै बिलुप्त/अदृश्य हुनुभयो ।  आमाको जन्मस्थान-रामेछाप कटुञ्जे । आमालाई दागबत्ती दिदाँ म पनि जलेको थिएँ । अहिले अक्सर लाग्छ-मरेपछि जलाउने संस्कार सब्से निर्ममहरूको संस्कार हो । यो संस्कारप्रति गहिरो तिरस्कार छ । लागिरहन्छ-आमालाई कतै गाड्न पाएको भए हुन्थ्यो । प्रकृतिमै सड्नु हुन्थ्यो । त्यहिको माटोमा रङ्ग भएर मिसिनु हुन्थ्यो । ससाना झार, बिरुवा भएर उम्रिनु हुन्थ्यो । आमाको औधी याद आउँदा, पश्चतापले/प्रेमले एक्लिदा त्यहाँ गएर ती झारहरू छुन्थेँ । तिनलाई सुनाउथे कि म कत...

योद्धा आमालाई सम्झिएर-१

Image
योद्धा आमालाई सम्झिएर  ----------------------------------------  `आमा´को लागि आमा हुनु भनेको के थियो ? म कहिल्यै महसुस गर्न सक्नेछैन । तर सन्तानको लागि आमा के हुन्छ ? असङ्ख्य अनिद्रामा, अफ्ठ्यारामा, असहजतामा पनि धरती भइ एक्लै फैलिनु, सन्तानको सुखमा आकाश झैँ उज्यालिनु, जीवनकै सब्से सुन्दर आदर्शमा आफ्नो रक्तमांसको डल्लालाई डोहोर्याउन चाहनु सायद आमा हुनु हो । कम्तिमा मेरी आमालाई यस्तै पाएँ । सन्तानको लागि आफ्नो थर दिन समेत योग्य नहुने देशमा, सन्तानको लागि एक चिर्कटो नागरिकता दिन समेत योग्य नहुने देशमा सायद हरेकजसो आमाको यस्तै विषम चित्र बन्छ । यस्तै उदास अनुहार बन्छ । यस्तै थकित अनुहार सम्झिएर हामी आमालाई महान भन्छौं । तर आमाको एकलौटी सकसहरू कम गर्दैनौँ ।    समाजशास्त्रको आँखामा आमा महान होइन; शोषित हो, उत्पिडित हो, दास हो । यसको चेपमा पिसिएर पनि जसरी मलाई/सन्तानलाई हुर्काउनुभयो । त्यो समानताको मूल्यबाहेकमा तिर्न नसकिने ऋण हो । ज्ञानको नवजात गोडा बामे सरिरहँदा पीडक लाग्छ धरती; सायद आमा हुनु भनेको आफ्नो फरिया/औंला समात्न दिएर उभिन सिकाउनु हो, अग्लो एक्लोपनमा ...

तपाईंको कित्ता कुन हो महोदय ?

Image
  तपाईंको कित्ता कुन हो महोदय ?           -मनोज बिश्वकर्मा रूकुम हत्याकाण्डमा बेपत्ता भनिएका छ जनामध्ये ६ जनाको लास मारेर फ्याकिएको अवश्थामा भेटिसकेको  छ। पोष्टमार्टम रिपोर्टले पनि यस्तै भन्छ । अन्तरजातीय प्रेम सम्बन्धबाट उत्पन्न भएको यो नृशंस हत्या प्रकरणपछि अहिले सामाजिक संजाल स्पष्ट दुई खेमामा बाँडिएको देखिन्छ । एकथरि सामाजिक न्यायका पक्षमा उभिएका छन् भने अर्कोथरि यथार्थलाई ढाकछोप गर्न लागिपरेका छन्। हत्या प्रकरणको घटना विवरण बुझ्दा जातियता जोडिएको कुरा सामान्य-चेत हुने मानिसले समेत बुझ्न सक्छ । भलै कि यसमा अन्य कारणहरू पनि नभएका हैनन ।  हिटलरलाई सरापेर नथाक्ने पनि यसबेला यथार्थलाई ढाकछोप गर्न असली अनुहारसहित उग्र नश्लवादी भएर निस्किएका छन् । यिनिहरू सामुहिक हत्या जस्तो बिषयमा यतिसम्म असंवेदनशिल र जातिवादी भएर निस्किएका छन् कि 'अरू सब भन तर दलित भएकै कारण मारियो नभन' भन्दैछन् । दलित भएकै कारण अजित मिजारको हत्या भयो ; लास ४ बर्षदेखि अस्पतालमै सडेर बसेको छ । जात नजोड भनेर के समाजमा यस्तो जातिय अपराध भएकै छैन भन्न खोजेको ? आफू बाँचे...

नयाँ बर्षको पूर्वसन्ध्यामा

Image
हामी मानिस ब्रह्माण्ड सिस्टमको सानो हिस्सा हौँ । यो ब्रमाण्डको सुक्ष्मदेखि बिशालतम् अस्तित्त्व एउटा सिस्टमबाट चल्छ ।यो सिस्टम चै हामीमाझ अझै रहस्यकै रूपमा छ । हाम्रो आजसम्मको चिन्तन , हाम्रो बेद , बिज्ञान सब यहि रहस्य उत्खनन गर्ने प्रयासमा छन् । हामीले आजसम्म जान्यौ , बुझ्यौ भनेको त्यस्तो कुनै कुरा छैन जो हामीले सम्पूर्ण रूपले जानेका हौँ । कुनै एउटै कुराको समग्र सिस्टम जानेपछि यो ब्रमाण्डको केहि कुरा जान्न बुझ्न बाँकी रहदैन । हामीसँग जति आंशिक ज्ञान छ ति सब हाम्रा चिन्तन , बेद , बिज्ञानको प्रयासको उपज मात्र हुन । यो प्रयासलाई नै सम्पुर्ण ठान्नु चै मुर्खता सिवाय केहि होईन । केहि लठुवाहरू चै बेदमै सब छ , बिज्ञानमै सब छ भनि बस्छन् । बेद , बिज्ञान मानिसको चिन्तन , अभ्यासको उपज हो । मानिस यो भन्दा बढि केहि हो ।   असलमा हामी यति अन्जान छौ यो जीवनजगतसँग कि हामीलाई अाफै को हो ? थाहा छैन । मानिस यो बिशाल सृष्टि-सिस्टमको एक हिस्सा हो । मानिसले आफूलाई मात्र सम्पूर्णरूपमा जानेको भएँ यो ब्रह्माण्ड जान्न बाँकी रहने थिएन । हाम्रा साधु महात्माले जान्ने प्रयास गरेँ । बदलामा हामीले तिनलाई भगवान...

कबिता-यादहरुको सङग्रहालय

Image
    यादहरुको सङग्रहालय (।--------------------------------।) कपुरको सुगन्ध बिलाए झै बतासमा म बिलिन नहुञ्जेल बतासबाट आफुभित्र सङ्ग्रह गर्न चाहान्छु यादहरु ! बरफहरुको जङगलमा म एक्लै एक्लै जम्दा सगैँ जम्न तयार उनी उनको आँखा मेरो आखाँको एउटा कुनामा राख्न चाहान्छु ! मैले ढुङगाको गित गाईरहँदा मलाई धरतिको गित सुनाईरहनेहरुलाई जीवनको अन्तिम स्टेसनसम्म कुदिरहने मुटुको ट्रेनमा बसाउन चाहान्छु ! मैले हेर्न नजानेको फूल मैले महशुस गर्न नसकेको बतास मैले नजानेरै कुल्चिएको दुबो सब्बै सब्बैलाई राख्न चाहान्छु छातीको र्याकमा ! बुख्याचाँ थिए म सम्बन्धको हाड भावनाको रगत विचारको छाला दिएर मान्छे जस्तै बनाउनेहरुलाई धड्काईरहन चाहान्छु सासहरुको लयमा ! यो बाटाहरुको सहरमा मैले बाटो नै नभेट्दा मलाई नै बाटो बनाउनेहरुलाई ! जीवनको साईकिल मुस्किलले पेलिरहँदा खुट्टाको ट्युबमा हावा भरिदिनेहरुलाई ! छाडेर फर्किनेहरुलाई ! फर्किएर फेरि कहिल्यै नआउनेहरुलाई ! मेरो आत्मामा मरुभुमि बिछ्याउनेहरुलाई ! मरुभुमिको गाउँबाट फर्कदा ओठको बालुवा ओठैले पुछिदिनेहरुलाई !...

कबिता- मेरो देशमा...

Image
कबिता-             मेरो देशमा        (।------------------।) मेरो देशमा खतरा छ सिताहरुलाई रामदेखि उक्लिन सकेनन् भने जनकले दाईजोको सगरमाथा कतिबेला कसरी रामले "राम नाम सत्य" बनाउछ सिताको मनमा दन्किरहन्छ अग्निकुण्ड! मेरो देशमा अाज पनि खतरा छ 'एकलव्य'हरुको बुढीअौलालाई धृतराष्ट्रको आँँखाबाट अर्जुनले देख्न थालेपछि संसार सम्पूर्ण रुपले नाङ्गिन्छ गुरु द्रोणाचार्यको गुरुदक्षिणा र काटिन्छ हत्केलाबाट ! मेरो देशमा हरेक ब्यान यशोधरा , राहुलको आशुँले लछप्पै भिजेर धरति धरतिमूनिबाट गुञ्जिन्छ अरबमा बाकस प्याक गर्दागर्दै आफै बाकसमा प्याक भएर ओर्लिएका बुद्धको ब्लुज ! मेरो देशमा बोकेर हिन्दा हिन्दै हिन्दा हिन्दै महादेवले सतिदेवीको शव जलाउनको लागि पैसा नभएर कुहिएर खस्छ- अङ्ग प्रत्ययङ्ग जहाँ जहाँ खस्छन् ती अङ्गहरु त्यहाँ त्यहाँ उत्पति हुन्छन् तीर्थस्थल ती तीर्थस्थलमा लम्पसार महादेवहरु तानिरहेछन्  समानताको गाजाँ ! मेरो देशमा नभएको होईन स्वर्गको फिलिङ्गो चोरेर पृथ्विको धरति उज्यालो पार्न खोज्ने प्रम...

मनोज बिश्वकर्माको पन्ध्र प्रेम कबिताहरू

Image
                               १.शब्द संवाद गर्न समेत मुस्किल थियो संवेगहरूको जञ्जाल थिएँ भावहरू बाटो फेला नपरेको बटुवा जस्तै थिएँ जब म अक्षर थिए तिमी पनि बेअर्थको अक्षर थियौ थियौँ सिम्फोनीबिहिन त्यसपछि हाम्रो समास भयो !        २.केही कुरा आधा नै सुन्दर हुन्छ केही कुरा आधा नै सुन्दर हुन्छ जस्तो तिम्रो शिरबाट खसेको झरना पिठ्युको छेउछाउ नपुग्दै रोकिनु , जस्तो तिम्रो ओठबाट खसेको प्रेमिल स्वर जीवनको किनार नछुदै रोकिनु , जस्तो कि तिम्रो र मेरो सम्बन्ध ... केही कुरा आधा नै सुन्दर हुन्छ जस्तो कि आकाशमा आधा मुस्कुराएको जून , जस्तो कि आधा घाम आधा पानी मिसिएर टाँगिएको ईन्द्रेणी , जस्तो कि आधा अनुहार देखाएको कुनै हिमाल , केही कुरा आधा नै सुन्दर हुन्छ जस्तो कुनै यात्रामा भेटिएको सुन्दर मानिसको नाम छुट्नु , जस्तो कुनै प्रिय गित हजार पटक सुनेँ पनि आधै रहनु , जस्तो कुनै पढ्दै गरेको कबिता अाधामै सक्किनु ....               ...