नयाँ बर्षको पूर्वसन्ध्यामा
हामी मानिस ब्रह्माण्ड सिस्टमको सानो हिस्सा हौँ । यो ब्रमाण्डको सुक्ष्मदेखि बिशालतम् अस्तित्त्व एउटा सिस्टमबाट चल्छ ।यो सिस्टम चै हामीमाझ अझै रहस्यकै रूपमा छ । हाम्रो आजसम्मको चिन्तन , हाम्रो बेद , बिज्ञान सब यहि रहस्य उत्खनन गर्ने प्रयासमा छन् । हामीले आजसम्म जान्यौ , बुझ्यौ भनेको त्यस्तो कुनै कुरा छैन जो हामीले सम्पूर्ण रूपले जानेका हौँ । कुनै एउटै कुराको समग्र सिस्टम जानेपछि यो ब्रमाण्डको केहि कुरा जान्न बुझ्न बाँकी रहदैन । हामीसँग जति आंशिक ज्ञान छ ति सब हाम्रा चिन्तन , बेद , बिज्ञानको प्रयासको उपज मात्र हुन । यो प्रयासलाई नै सम्पुर्ण ठान्नु चै मुर्खता सिवाय केहि होईन । केहि लठुवाहरू चै बेदमै सब छ , बिज्ञानमै सब छ भनि बस्छन् । बेद , बिज्ञान मानिसको चिन्तन , अभ्यासको उपज हो । मानिस यो भन्दा बढि केहि हो ।
असलमा हामी यति अन्जान छौ यो जीवनजगतसँग कि हामीलाई अाफै को हो ? थाहा छैन । मानिस यो बिशाल सृष्टि-सिस्टमको एक हिस्सा हो । मानिसले आफूलाई मात्र सम्पूर्णरूपमा जानेको भएँ यो ब्रह्माण्ड जान्न बाँकी रहने थिएन । हाम्रा साधु महात्माले जान्ने प्रयास गरेँ । बदलामा हामीले तिनलाई भगवान बनायौ । जसले हामीलाई 'हरेक कुरामा शंका गर्नु' भने हामीले उसैलाई नि:सन्देह भगवान बनायौ । यस्तो दासत्त्व अब त्याग्नु जरूरी छ । नयाँ समय त्यसपछि आउने छ । नयाँ बर्षको शुभकामना पनि त्यसपछि भन्नु सार्थक हुन्छ होला ।
प्रश्न गरौ -मानव निर्मित सम्पूर्ण धर्म , अर्थ , राजनीतिक व्यबश्थामाथी । मानव निर्मित यि व्यबश्था यति भद्दा भईसकेकि यसको सम्पूर्ण व्यबश्था पूँजीवादकै हिस्सा मात्र बन्न पुगेको छ । जसले मानिसलाई कुनै ब्रान्डेड ज्ञान/बस्तुको ग्राहकमा सिमित गर्दैछ । यि मानव निर्मित व्यबश्था यति भद्दा भईसकेकि रहेबचेका संवेदना पनि दिन प्रतिदिन ह्रास हुदैछ । बरू यो संरचनाले आफैलाई आविष्कार गर्नबाट ध्वस्त चै बनाउदैछ। मन अनि मस्तिष्क दुबैलाई दुनियाँले बनाएको अनेक पर्खालबाट मुक्त गर्नुस...शुभकामना यसको लागि...
निरन्तर फैलिरहेको छ ब्रमाण्ड । यो फैलिदो ब्रमाण्ड यति बिशाल छ कि सिङ्गो पृथ्वी नै यसको तुलनामा धुलोको कण जत्रो छ । यहि पृथ्वीभित्रको जीवको अस्तित्व झन कत्रो होला ? यहि जीवमध्येको फुच्चे जीव मानिसले मेरो भूगोल , जात , धर्म , अर्थव्यबश्था , राजनीतिक खुरापात अब्बल छ भनेर बाच्नु झन कति बेतुकको छ ? जब मानिसकै अस्तित्त्व धुलोको कण जति पनि छैन भने मानव निर्मित यि व्यवस्थाको माने नै कति होला र ? यि तुच्छ व्यवस्थाको सोचेसम्झेबिना हिस्सा नहुनुस । सृष्टिको प्रतेक सृजना सुन्दर छ । प्रतेक सृजनाप्रति संवेदनशिल हुनुस । असिम प्रेम गर्नुस । प्रेमले भरिएको संसार साच्चै सुन्दर हुन्छ । शुभकामना छ यसको लागि............
नयाँ समय त प्रत्येक पलमा छ । प्रतेक नयाँ पललाई हामीले हाम्रा सडेगलेका बिचारको पिँजडाबाट हेरिरहेछौँ । यसैले बर्षमा एकपटक नयाँ बर्षको शुभकामना भन्नु परेको छ । यसो भन्नुमा खास ठूलो लफडा छैन । तर प्रतेक नयाँ बर्ष पुरानै बर्ष जस्तो छ । यो चै असली लफडा हो । यो लफडासँग भिड्न हामीले निर्माण गरेका हाम्रा छुद्र व्यवश्थामाथी उठ्नु जरूरी छ । यि छुद्र व्यवस्थामाथी प्रश्न गर्नु जरूरी छ । शुभकामना छ यसको लागि......

Comments
Post a Comment