Posts

Showing posts from 2019

कबिता-यादहरुको सङग्रहालय

Image
    यादहरुको सङग्रहालय (।--------------------------------।) कपुरको सुगन्ध बिलाए झै बतासमा म बिलिन नहुञ्जेल बतासबाट आफुभित्र सङ्ग्रह गर्न चाहान्छु यादहरु ! बरफहरुको जङगलमा म एक्लै एक्लै जम्दा सगैँ जम्न तयार उनी उनको आँखा मेरो आखाँको एउटा कुनामा राख्न चाहान्छु ! मैले ढुङगाको गित गाईरहँदा मलाई धरतिको गित सुनाईरहनेहरुलाई जीवनको अन्तिम स्टेसनसम्म कुदिरहने मुटुको ट्रेनमा बसाउन चाहान्छु ! मैले हेर्न नजानेको फूल मैले महशुस गर्न नसकेको बतास मैले नजानेरै कुल्चिएको दुबो सब्बै सब्बैलाई राख्न चाहान्छु छातीको र्याकमा ! बुख्याचाँ थिए म सम्बन्धको हाड भावनाको रगत विचारको छाला दिएर मान्छे जस्तै बनाउनेहरुलाई धड्काईरहन चाहान्छु सासहरुको लयमा ! यो बाटाहरुको सहरमा मैले बाटो नै नभेट्दा मलाई नै बाटो बनाउनेहरुलाई ! जीवनको साईकिल मुस्किलले पेलिरहँदा खुट्टाको ट्युबमा हावा भरिदिनेहरुलाई ! छाडेर फर्किनेहरुलाई ! फर्किएर फेरि कहिल्यै नआउनेहरुलाई ! मेरो आत्मामा मरुभुमि बिछ्याउनेहरुलाई ! मरुभुमिको गाउँबाट फर्कदा ओठको बालुवा ओठैले पुछिदिनेहरुलाई !...

कबिता- मेरो देशमा...

Image
कबिता-             मेरो देशमा        (।------------------।) मेरो देशमा खतरा छ सिताहरुलाई रामदेखि उक्लिन सकेनन् भने जनकले दाईजोको सगरमाथा कतिबेला कसरी रामले "राम नाम सत्य" बनाउछ सिताको मनमा दन्किरहन्छ अग्निकुण्ड! मेरो देशमा अाज पनि खतरा छ 'एकलव्य'हरुको बुढीअौलालाई धृतराष्ट्रको आँँखाबाट अर्जुनले देख्न थालेपछि संसार सम्पूर्ण रुपले नाङ्गिन्छ गुरु द्रोणाचार्यको गुरुदक्षिणा र काटिन्छ हत्केलाबाट ! मेरो देशमा हरेक ब्यान यशोधरा , राहुलको आशुँले लछप्पै भिजेर धरति धरतिमूनिबाट गुञ्जिन्छ अरबमा बाकस प्याक गर्दागर्दै आफै बाकसमा प्याक भएर ओर्लिएका बुद्धको ब्लुज ! मेरो देशमा बोकेर हिन्दा हिन्दै हिन्दा हिन्दै महादेवले सतिदेवीको शव जलाउनको लागि पैसा नभएर कुहिएर खस्छ- अङ्ग प्रत्ययङ्ग जहाँ जहाँ खस्छन् ती अङ्गहरु त्यहाँ त्यहाँ उत्पति हुन्छन् तीर्थस्थल ती तीर्थस्थलमा लम्पसार महादेवहरु तानिरहेछन्  समानताको गाजाँ ! मेरो देशमा नभएको होईन स्वर्गको फिलिङ्गो चोरेर पृथ्विको धरति उज्यालो पार्न खोज्ने प्रम...

मनोज बिश्वकर्माको पन्ध्र प्रेम कबिताहरू

Image
                               १.शब्द संवाद गर्न समेत मुस्किल थियो संवेगहरूको जञ्जाल थिएँ भावहरू बाटो फेला नपरेको बटुवा जस्तै थिएँ जब म अक्षर थिए तिमी पनि बेअर्थको अक्षर थियौ थियौँ सिम्फोनीबिहिन त्यसपछि हाम्रो समास भयो !        २.केही कुरा आधा नै सुन्दर हुन्छ केही कुरा आधा नै सुन्दर हुन्छ जस्तो तिम्रो शिरबाट खसेको झरना पिठ्युको छेउछाउ नपुग्दै रोकिनु , जस्तो तिम्रो ओठबाट खसेको प्रेमिल स्वर जीवनको किनार नछुदै रोकिनु , जस्तो कि तिम्रो र मेरो सम्बन्ध ... केही कुरा आधा नै सुन्दर हुन्छ जस्तो कि आकाशमा आधा मुस्कुराएको जून , जस्तो कि आधा घाम आधा पानी मिसिएर टाँगिएको ईन्द्रेणी , जस्तो कि आधा अनुहार देखाएको कुनै हिमाल , केही कुरा आधा नै सुन्दर हुन्छ जस्तो कुनै यात्रामा भेटिएको सुन्दर मानिसको नाम छुट्नु , जस्तो कुनै प्रिय गित हजार पटक सुनेँ पनि आधै रहनु , जस्तो कुनै पढ्दै गरेको कबिता अाधामै सक्किनु ....               ...

कबिता-भगवानको संक्षिप्त ईतिहास

Image
२०७६ साउन अङ्कको मधुपर्क             भगवानको संक्षिप्त ईतिहास       (।------------------------------------------।)      जब यो पृथ्वीमा केई थिएन  तब पनि थियो त्यो भगवान । उसले शुरुमा पृथ्वी नै बनायो जब उसलाई आफैसगँ लुक्न मन लाग्यो  -पानी बनायो पानी बाफ बन्यो र हावासगँ घुम्न थाल्यो  घुम्दा घुम्दै बादल बनेँ बादलको हेरचाह गर्न पहाड बनायो पहाडले ढुङ्गा  ढुङ्गाको ओसिलो चेपबाट निस्कियो मान्छे । जब निस्कियो मान्छे उसले फेरि भगवान बनायो टिपेर बगरको ढुङ्गा ! अनि पृथ्वी , पृथ्वी जस्तो रहेन आँधीमा अडिएर तरबार हिड्न थाल्यो पृथ्वीको छातीमा जहाँ जहाँ टेक्यो तरबारले पट्पटी फुट्यो धरति र देश बन्यो बन्यो जात भूगोल धर्मको पर्खाल । बलियो मानिसले निकाल्यो निर्धाको करङ्ग  र मन्दिर बनायो ! त्यहाँ निषेध गरिदियो ईश्वरको आदिम आत्मालाई । हृदयको जुलुसलाई कोच्न थालियो कारागारमा गल्लि गल्लिमा रोप्न थालियो भ्रम बिमार पर्यो सिङ्गो सभ्यता ! सभ्यताको योनि च्यातेर निस्किए कृष्ण ...

कबिता- मानौ तिमी थियौ

Image
            मानौ तिमी थियौ    (।...................................।) मानौ त्यहा  कुनै पदचापको जङ्गल थिएन मानौ त्यहाँ कुनै जेब्रा क्रसजस्ता आखाँहरू थिएन थिएनन् बिसौ बर्ष पुरानो सवारी जस्ता ओठहरू....... मानौ बिश्वासका धागाहरू थिए तीन्कै टुप्पामा  उनेको रङ्गीन पतङ्गहरू थिए जो छुन निस्कन्थे उत्सवका झुप्पा बादलहरू ! मानौ तिमी थियौ र मात्र म थिए ! तिमी आयौ मेरो शिरबाट सिरानीको भिड भत्कियो आखाँले बाथरूमको धारासगै बेसुरले रून छाडेँ तिमी आयौ बर्षौदेखि निदाई रहेका किबोर्डबाट अक्षरहरू बिउझिए उदास गितका आखाँहरूमा तिहारका गुच्छा फक्रिए मानौँ अचानक अङ्गालोमा आई  कक्षामासँगै होहल्ला गर्ने पुरा...नो सखी तर तिमी यसरी आएका रहेछौ मेरो जीवनमा न तिमीलाई आफ्नो भन्नै सकेँ न यो मनले पराइ ठान्नै सक्यो ! मानौ सुनसान कुनामा सुटुक्क नाजायज सम्बन्ध छाडि हिड्ने कुमारी आमा भए म मानौ सुदूर गाउँको छाउघरमा आफ्नो धर्म निभाउदा निभाउदै बिटुलो भए म मानौ तिम्रा विर्य बोक्न अभिशप्त डस्टविन भए म मानौ तिमी थियौ तर म थिए नै ! ...