मोह मोह के धागे....

योद्धा आमालाई सम्झिएर-२ -------------------------------------------- मानिस भएर जन्मिनु रहर थिएन । तर म जुन सालनाल सहित संसारमा खसेँ । त्यो संसारकै सुन्दर मानिसको गर्भमा हुर्किएको थियो । अर्थात मेरी आमा हरिमाया विश्वकर्माको । त्यो सालनालको `धागो´ले मोह उनेँको थियो । जीवन उनेँको थियो । धागो गाँस्नु अघि आमा स्वयम् प्रकृतिमा अदृश्य/अजन्म हुनुहुन्थ्यो । जन्मिनु भयो । सालहरूको अन्तरालमा म उहाँकै सालनाल समातेर पृथ्वीमा खसेँ । त्यो सालनालले `मोह´ उन्यो । जीवन उन्यो । ७५/७६ बर्षको आयुपछि चुँडियो । अर्थात आमा पुन:प्रकृतिमै बिलुप्त/अदृश्य हुनुभयो । आमाको जन्मस्थान-रामेछाप कटुञ्जे । आमालाई दागबत्ती दिदाँ म पनि जलेको थिएँ । अहिले अक्सर लाग्छ-मरेपछि जलाउने संस्कार सब्से निर्ममहरूको संस्कार हो । यो संस्कारप्रति गहिरो तिरस्कार छ । लागिरहन्छ-आमालाई कतै गाड्न पाएको भए हुन्थ्यो । प्रकृतिमै सड्नु हुन्थ्यो । त्यहिको माटोमा रङ्ग भएर मिसिनु हुन्थ्यो । ससाना झार, बिरुवा भएर उम्रिनु हुन्थ्यो । आमाको औधी याद आउँदा, पश्चतापले/प्रेमले एक्लिदा त्यहाँ गएर ती झारहरू छुन्थेँ । तिनलाई सुनाउथे कि म कत...