तपाईंको कित्ता कुन हो महोदय ?

तपाईंको कित्ता कुन हो महोदय ? -मनोज बिश्वकर्मा रूकुम हत्याकाण्डमा बेपत्ता भनिएका छ जनामध्ये ६ जनाको लास मारेर फ्याकिएको अवश्थामा भेटिसकेको छ। पोष्टमार्टम रिपोर्टले पनि यस्तै भन्छ । अन्तरजातीय प्रेम सम्बन्धबाट उत्पन्न भएको यो नृशंस हत्या प्रकरणपछि अहिले सामाजिक संजाल स्पष्ट दुई खेमामा बाँडिएको देखिन्छ । एकथरि सामाजिक न्यायका पक्षमा उभिएका छन् भने अर्कोथरि यथार्थलाई ढाकछोप गर्न लागिपरेका छन्। हत्या प्रकरणको घटना विवरण बुझ्दा जातियता जोडिएको कुरा सामान्य-चेत हुने मानिसले समेत बुझ्न सक्छ । भलै कि यसमा अन्य कारणहरू पनि नभएका हैनन । हिटलरलाई सरापेर नथाक्ने पनि यसबेला यथार्थलाई ढाकछोप गर्न असली अनुहारसहित उग्र नश्लवादी भएर निस्किएका छन् । यिनिहरू सामुहिक हत्या जस्तो बिषयमा यतिसम्म असंवेदनशिल र जातिवादी भएर निस्किएका छन् कि 'अरू सब भन तर दलित भएकै कारण मारियो नभन' भन्दैछन् । दलित भएकै कारण अजित मिजारको हत्या भयो ; लास ४ बर्षदेखि अस्पतालमै सडेर बसेको छ । जात नजोड भनेर के समाजमा यस्तो जातिय अपराध भएकै छैन भन्न खोजेको ? आफू बाँचे...